पतिको भाग्य बदलिन सक्छ पत्नीले यी काम गर्दा

काठमाडौँ । हिन्दू शास्त्रमा पत्नीलाई पतिको अर्धाङ्गनी मानिएको छ। पत्नीको भाग्यको पतिको भाग्यमा पनि निकै ठूलो प्रभाव परेको हुन्छ।

त्यसैले भनिन्छ कि विवाह पछि कुनै पनि व्यक्तिको भाग्यमा ठूलो परिवर्तन आउन सक्छ । तर, सबैको हकमा यस्तै हुनुपर्छ भन्ने छैन। कसैकसैको चाहिँ यसले झन् नराम्रो प्रभाव पारेको पनि हुनसक्छ।

Advertisement

यदि कसैको विवाहपछि पनि भाग्य चम्किएको छैन भने यस्ता उपाय अपनाउन सकिन्छ जसले मानिसको जीवनमा ठूलो परिवर्तन ल्याउँछ। भारतका पण्डित शिवकुमार शर्माले पनि त्यस्ता उपाय सुझाएका छन्। जसका कारण पतिको भाग्यमा पत्नीका कारण परिवर्तन आउन सक्छ।

शास्त्रमा स्त्रीलाई लक्ष्मीको दर्जामा राखिएको छ। उनलाई लक्ष्मी स्वरुप मानिने गरिएको छ । त्यसैले स्त्रीले विहान सधैं पूजापाठ गर्नु राम्रो हुन्छ। यसले पतिको जीवनमा पनि ठूलो परिवर्तन ल्याउने विश्वास गरिन्छ।

घरमा महिलाले विहान उठेर सबैभन्दा पहिले स्नान गर्नु अवाश्यक छ। साथै, तुलसीलाई पानी चढाएर उनीहरुले आफ्नो दुःख हटाउनका लागि प्रार्थना गर्नु पर्ने हुन्छ।

शिवकुमारका अनुसार घरमा तामाको भाँडामा पानी राखेर पूरै घरमा छर्कनाले घरको वातावरण शुद्ध हुन्छ र यसले नकरात्मक शक्तिलाई हटाउन सहयोग गर्छ । अनि यसले घरमा समृद्धि ल्याउँछ।

More News last news
Loading...