काठमाडौँ । दुई हप्ताको अवधिमा काठमाडौँ उपत्यकाका विभिन्न होटलमा विदेशबाट फर्किएका मध्ये दुई हजार आठ सय भन्दा बढी नेपाली होटल क्वारेन्टिनमा बसेका छन्।
होटल संघ नेपाल (हान) र होटल व्यवसायी महासंघले दिएको जानकारी अनुसार बुधबारसम्म एक हजार ८० जना हानमा र ९५९ महासंघ अन्तर्गतको होटलमा गरी जम्मा दुई हजार ८३९ जना बसेका हुन् ।
केही दिन अघि ३१ वटा होटल क्वारेन्टिनको लागि थप गरेको सूचना जारी गरेको थियो । विदेशबाट आएर होटल क्वारेन्टिनमा बस्न आउनेको लागि सबै पूर्वाधार मिलाएको होटल संघ नेपाल (हान) का महासचिव साजन शाक्यले बताए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
