‘मनीप्लान्ट’ वा लहराले घर सजाउँदै हुनुहुन्छ ? सावधान ! कतै यस्ता गल्ती त गर्नुभएको छैन ?

काठमाडौँ । हामी प्रायः जसो हामी घर सजाउनको लागी घरको भित्तामा मनि प्लान्ट वा अन्य लहरे फुल जस्ता विरुवाहरु राख्ने गर्दछौ। तर वास्तु शास्त्र अनुसार यसो गर्दा मानिसहरुका शत्रुहरु बढ्ने गर्दछन्।

त्यसैले यदी तपाइँ पनि यस्तै फूलहरु वा लहराहरुले आफ्नो घर सिङ्गार्दै हुनुहुन्छ भने होशियार, तपाईले ठूलो गल्ति गर्दै हुनुहुन्छ।

Advertisement

वास्तु शास्त्रका अनुसार घरको भित्तामा यस्ता लहराहरू भएका बोट विरुवा लगाउनु अशुभ मानिन्छ । यसो गर्दा तपाईका शत्रुहरु बलवान हुन्छन् र तपाईलाई नोक्सान पुर्याउन सक्छन्।

यस्ता लहराहरू घरभित्र मात्र नभई घरको ढोकामा लगाउनु समेत वास्तु शास्त्रका अनुसार अशुभ मानिन्छन् ।

हाम्रो हिन्दु धर्म वा पुराण अनुसार, मत्स्य पुराणमा वास्तु शास्त्रको प्रभाब उल्लेख गरिएको छ । यस पुराण अनुसार लहरा भएका बोट-विरुवाहरुबाट शुक्र ग्रहमा प्रभ पर्ने गर्दछ।

त्यसैले घरको दक्षिण भाग वा खाली भागमा मात्र यस्ता विरुवाहरु लगाउनु पर्दछ । त्यसैले रुखको सहाराले माथि जाने खालका यस्ता विरुवाहरु लगाउदा सधै ध्यान दिनु अनिवार्य हुन्छ। यस्ता विरुवाहरुलाई घर भित्र पस्न दिनु हुँदैन्।

More News last news
Loading...