२४ घण्टामा अमेरिकाभन्दा भारतमा धेरै कोरोना संक्रमण र मृत्युदर, कहाँ कति ? (तालिका)

काठमाडौँ । पछिल्लो २४ घण्टामा विश्वभर २ लाख १२ हजार ६ सय २९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् भने ४ हजार ५ सय ३३ जनाको मृत्यु भएको छ।

पछिल्लो २४ घण्टामा भारतमा विश्वकै धेरै कोरोना संक्रमित र मृत्युदर रहेको छ भने कोरोनाबाट सबैभन्दा बढी प्रभावित बनेको अमेरिकालाई पनि भारतले उछिनेको छ।

Advertisement

पछिल्लो २४ घण्टामा भारतमा ५८ हजार १०८ नयाँ कोरोना संक्रमित थपिदा अमेरिकामा ३६ हजार ४ सय ४३ जना संक्रमित बनेका छन् भने भारतमा ९ सय ६१ जनाको मृत्यु हुँदा अमेरिकामा ५२२ जनाको ज्यान गएको छ।

यो सँगै भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५१ हजार ४५ पुगेको छ भने २६ लाख ४७ हजार ३१६ जना संक्रमित भएका छन्। त्यस्तै अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ७३ हजार १२८ पुगेको छ भने ५५ लाख ६६ हजार ६३२ जना संक्रमित बनेका छन्।

त्यस्तै ब्राजिलमा पछिल्लो २४ घण्टामा २२ हजार ३ सय ६५ जना संक्रमित थपिएका छन् भने ५८२ जनाको मृत्यु भएको छ। यो सँगै ब्राजिलमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ७ हजार ८७९ पुगेको छ भने ३३ लाख ४० हजार १९७ जना संक्रमित भएका छन्।

हेर्नुहोस् तालिका

More News last news
Loading...