काठमाडौँ । गैर आवासीय नेपाली संघ (एनआरएनए) यूएइले मानव तस्करहरुसँग साठगाँठको आरोप लागेका आफ्ना केही पदाधिकारीलाई निलम्बन गरेको छ।
रोजगारीका लागि यूके पठाइदिन्छु भनेर यूएई लगेर अलपत्र पारिएका दुई युवालाई ‘दलाल’ले उल्टै गुण्डा लगाइ मरणसन्न हुनेगरी कुटपिट गरेको विवादमा पदाधिकारी मुछिएपछि एनआरएनए यूएईले तीन जनालाई निलम्बन गरेको हो।
बिहीबार एनआरएनए एनसीसी यूएईका अध्यक्ष प्रकाश कोइरालाले एक प्रेस विज्ञप्ति जारी गर्दै कुटपिटमा संलग्न भएको आरोप लागेका एनआरएनए दुबई क्षेत्रका क्षेत्रीय अध्यक्ष भीम मल्ल ठकुरी र उपाध्यक्ष निराजन खत्रीलाई अनुसन्धान नसकिँदासम्मको लागि निलम्बन गरेको जनाएका छन्।
त्यस्तै पीडितहरु कुटिएको विषयमा संस्थाको निर्णयबिना एकलौटी ढंगले विज्ञप्ति जारी गरेको आरोपमा एनआरएनए एनसीसी यूएईका उपाध्यक्ष नरबहादुर सेनसमेत निलम्बनमा परेका छन् ।
रोजगारीका लागि बेलायत पठाइदिन्छु भन्दै मानव तस्करहरुले भिजिट भिसामा यूएई पुर्याएर नेपालीहरुलाई अलपत्र पारेपछि यो काण्डमा तस्करहरुसँग एनआरएनए दुबईका पदाधिकारीको समेत संग्लनता रहेको पीडितहरुले आरोप लगाएका थिए ।
रामेछापका टिकाराम बोहोरा, मनोहर केसीसहित ६३ जना नेपालीहरुकलाई यूके जाने सपना देखाएर यूएईमा लगेर अलपत्र पारिएको थियो ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
