काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका सांसद प्रदीप यादवलाई कोरोना भारइसको संक्रमण भएको छ। सांसद यादवले यसबारे सामाजिक सञ्जाल फेसबुकमा जानकारी गराएका छन् ।
‘मैले आफ्नो पिसिआर परीक्षण गराउँदा कोरोना पोजेटिभ देखिएको जानकारी गराउन चाहन्छु,’ उनले लेखेका छन्, ‘मेरो स्वास्थ्यमा भने कुनै समस्या देखिएको छैन। आफूलाई आइसुलेटेट गरेर अहिले आराममा छु।’
उनले पछिल्लो समय वीरगञ्जमा संक्रमणको जोखिम बढेको र त्यहाँ आवश्यक भेन्टिलेटर र विज्ञ टोलीसमेत खटाउन सरकारसमक्ष अनुरोध गरेका छन्।
यसअघि वीरगञ्ज महानगरपालिकाका प्रमुख विजय सरवागीलाई पनि बिहीबार बिहान संक्रमण पुष्टि भएको थियो।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
