नेपाल दरुण दलका नेता शेर्पा हिरो अवार्डबाट सम्मानित

काठमाडौँ । प्रमूख प्रतिपक्षी दल नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दलका नेता निमा शेर्पा ‘कोभिड१९ हिरो अवार्ड’ (COVID 19 HERO AWARD) बाट सम्मानित भएका छन् । शेर्पाालाई ‘हामी नेपाली ग्लोबल’ संस्था अमेरिकाले ‘कोभिड १९ हिरो अवार्ड’ बाट सम्मानित गरेको हो।

नेपाल तरुण दल, सिन्धुपाल्चोकका जिल्ला कोषअध्यक्ष समेत रहेका युवा समाजसेवी निमा शेर्पाले भोटेकोशी गाउँपालिका, जुगल गाउँपालिका लगायत जिल्लाका विभिन्न स्थानमा बाढी पहिरोमा परी ज्यान गुमाएकाको परिवार र पीडितहरुलाई जोखिमपूर्ण अवस्थामा ठुलो सहयोग गरेको भन्दै ‘हामी नेपाली ग्लोबल’ संस्थाले सम्मानित गरेको हो।

Advertisement

यस्तै, हिरो अवार्डको घोषणा भएसँगै शेर्पाले आफुँले कहिल्यै पनि प्रचार र भाइरल हुनका लागि समाजसेवा नगरेको बताएका छन् । नयाँ पुस्ता डटकमसँग कुरा गर्दै शेर्पाले भने, “मैले कुनै पनि प्रचार र भाइरल हुनका लागि समाजसेवा गरेको होइन। म र मेरो संगठनले दुखमा परेका जनताको सेवा गरेका हौँ । यसमा हामी नेपाली समाजले हिरो अवार्ड दिने घोषणा गरेको छ। समाजप्रति विशेष धन्यवाद दिन चाहन्छु । यो अवार्ड मेरो संगठनलाई समर्पण गर्न चाहन्छु।”

उनले यो सम्मानले आफुमाथि थप चुनौती थपिएको भन्दै अझै सक्रिय भएर दुखमा परेका जनताको सेवामा खटिने बताए।

More News last news
Loading...