कलंकी । नेपालको संविधान (दोस्रो संशोधन) २०७७ सर्वसम्मत रुपमा पारित भएको खूशीयालीमा काठमाडौँको कलंकीमा दीप प्रज्वलनसहित भव्य स्वागत गरिएको छ ।
संघीय राजधानी काठमाडौँको मूख्य नाका समेत रहेको कलंकीमा भएको स्वागत कार्यक्रममा काठमाडौँ–१४ की अध्यक्ष शोभा सापकोटा, युवा, विद्यार्थी नेता सुजन केसीसहित स्थानीय समाजसेवी, युवा, विद्यार्थी तथा जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

वर्षौपछि आफ्नो भूमि नक्सामा भित्राउन सफल भएको खूशीयालीमा स्वतस्फुर्त उपस्थित भएका नागरिकले हाम्रो भूमि हाम्रो देश प्राण भन्दा प्यारो छ, सरिदा गिरी मुर्दावाद, लगाएतका नारा लगाएका थिए ।

दीप प्रज्वलन कार्यक्रममा बोल्दै वडा अध्यक्ष शोभा सापकोटाले सबै नेपालीलाई बधाई दिएकी छन् । सापकोटाले भनिन् “अन्य धेरै विषयहरुमा मत–मतान्तर भए पनि संसद्, सरकार र सडक राष्ट्रियताका मामिलामा एक भएको आजको दिन सबै नेपालीहरुलाई बधाई तथा शुभकामना छ।”

दशकौँदेखि भारतको कब्जामा रहेको लिम्पियाधुरा, लिपुलेक, कालापानीलगायत नेपालको भूभाग समेटिएको नक्शा नेपालको संविधानको अनुसूची ३ मा रहेको निशान छापमा समावेश गर्न ल्याइएको उक्त विधेयक शनिबार प्रतिनिधिसभा बैठकबाट पारित भएसँगै देशभर यसको स्वागत भएको छ।






![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
