लण्डनमा स्याङ्जा सहयोग समाज गठन, लकडाउन प्रभावितका लागि एक लाख सहयोग

काठमाडौं । लण्डनमा स्याङ्जा सहयोग समाज युकेको स्थापना भएको छ । नेपालको बिशेषतः स्याङ्जा जिल्लाबाट लण्डनमा गएर बसोबास गर्ने सहयोगी हातहरुले स्याङ्जा सहयोग समाज युकेको स्थापना गरेका हुन् ।

समाजको अध्यक्षमा शारदा गुरुङ चयन भएका छन् । यसैगरि समाजको उपाध्यक्षमा भरत गुरूङ र भक्त दर्जी, महासचिवमा डा. बलराम ढकाल र सदस्यमा चन्द्र थापा, बीरू शाही, भीम बहादुर आले, विजय राणा, रीता डोटेल, ठाकुर ज्ञवाली रहेका छन् ।

Advertisement

यसैगरी समाजको संरक्षकमा थर्क सेन, मेजर कुमार गुरुङ, क्याप्टेन प्रेम गुरुङ, राजन क्षेत्री रहेका छन् भने सल्लाहाकारमा डेबिड गुरुङ, प्रेमसिंह राना, विष्णु खनाल, नगेंद्र धोज खण्ड, नवराज गुरुङ,घन थापा, क्याप्टेन डोल ब.गुरुङ रहेका छन् । समाजले प्रवासमा रहेर पनि समग्र स्याङ्जालीहरुको सहयोगको लागि निरन्तर काम गर्ने अध्यक्ष गुरुङले जानकारी दिए । यसैबीच, स्याङ्जा सहयोग समाज युके कार्यकारी समितिको पहिलो बैठक भिडियो कन्फ्रेन्स मार्फत समपन्न भएको छ ।

यूकेमा रहेका अन्य स्याङ्गजावासीहरु साथीहरूलाई पनि यस समाजमा सम्मिलित हुन प्रोत्साहित गर्ने निर्णय समेत गरेको अध्यक्ष गुरुङले जानकारी दिए । समाजले कोरोना भाइरस (कोभिड १९) संक्रमण संकट र लक्डाउनले प्रभावित समयमा प्रभावित बनेका स्याङ्जाली मजदर र अति विपन्नका लागि एक लाख दश हजार सहयोग घोषणा गरिएको समाजका मिडिया संयोजक लालबहादुर गुरूङले बताए ।

उक्त सहयोग रकम जिल्लाका स्थानीय तहसँग समन्वय गरेर वितरण गरिने उनले बताए ।

More News last news
Loading...