एनआरएनए मकाउद्वारा कोरोना विरुद्धका सामग्री सहयोग गर्ने घोषणा, सामाग्री जुट्न सुरु

मकाउ । गैरआवासीय नेपाली संघ (एनआरएनए) मकाउले नोवेल कोरोना भाइरस विरुद्ध आफ्नो मातृभूमि नेपालका लागि सहयोग गर्ने निर्णय गरेपछि सहयोग संकलन शुरु भएको छ। संघले मकाउमा रहेको विभिन्न संघसंस्था, समाजसेवी र मकाउमा कार्यरत नेपाली समुदायहरुलाई सहयोगका लागि आह्वान गर्ने भएको छ।

कोभिड-१९ विरुद्धको अभियानमा सहयोग “मकाउ नेप्लिज्ज बडीबिल्डिङ र फिटनेस एसोसिएशन, एनसीसी मकाउ स्पोर्ट्स प्रमुख र एनआरएन स्पोर्ट्स एकेडेमी टास्कफोर्सका एसिया सदस्य श्रीजन, बाबा भाई, लेइ वाई सान र ब्रोदरहुट एसोसिएशन मकाउका अध्यक्ष बम लिम्बुले ७ हजार सर्जिकल माक्स गैरआवासीय नेपाली संघ मकाउलाई सहयोग हस्तान्तरण गरेका छन्।

Advertisement

नोवेल कोरोना भाइरस (कोभिड-१९) जोखिमबाट बच्न सर्जिकल फेसमाक्स प्रयोगकर्ता बढेपछि कोरोना प्रभावित देशहरुमा सर्जिकल माक्स पाउन कठीन भइरहेको छ।

नेपालमा भने सर्वसाधारण संगै अस्पतालका चिकित्सक स्वयम् सर्जिकल माक्सको लागि लाइनमा बस्न परेको, स्वास्थ्य सामाग्री नै नभएका कारण कोभिड-१९ विरामीको उपचार गर्न थप समस्या परेको समाचार सार्वजनिक भए संगै एनआरएन मकाउले स्वास्थ्य सामाग्री खरीद गरी सहयोग गर्ने निर्णयमा पुगेको एनआरएन मकाउका अध्यक्ष पूर्णबहादुर गुरुङले जानकारी दिएका छन्।

मकाउमा संकलन भएका सहयोग रकमले खरिद गरिने स्वास्थ्य सामाग्री, विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुरूप उच्च गुनस्तरको हुन्छ। मकाउ-नेपालमा सरकारले लगाएको लकडाउन खुले पछि जति सक्दो चाडो नेपाल पठाउने तयारी गरिरहेको पनि अध्यक्ष गुरुङले जानकारी दिए।

 

 

More News last news
Loading...