अमेरिकाको इतिहासमै धेरैले मागे बेरोजगारी सुविधा

काठमाडौं । अमेरिकामा झण्डै ३३ लाख मानिसले बेरोजगारहरूले पाउने सुविधाका लागि गत साता आवेदन दिएका छन्। यो सङ्ख्या अमेरिकामा अभिलेख राख्न थालिएयताकै सबैभन्दा उच्च हो।

कोरोनाभाइरसले अमेरिकी अर्थतन्त्रलाई पारेको मार जान्ने यो सबैभन्दा पछिल्लो सूचक हो। अमेरिकामा राष्ट्रपतीय चुनाव हुने वर्ष देखिएको यो सङ्ख्या अर्थशास्त्रीहरूले प्रक्षेपण गरेभन्दा निकै धेरै हो। र, यो सङ्ख्या यसअघिको उच्चतम विवरणभन्दा चार गुणाभन्दा बढी हो।

Advertisement

अमेरिकी अर्थमन्त्री स्टिभन मनुसिनले भने यस्तो उच्च तथ्याङ्कलाई असान्दर्भिक भन्दै ती पुनः काममा फर्कने श्रमिकहरू भएको बताए। अर्थमन्त्री मनुसिनले बेरोगार भएकाहरूले भने केही साताभित्रै दुई खर्ब डलरको आर्थिक प्याकेजबाट राहत पाउने बताए। बीबीसीका उत्तर अमेरिका संवाददाता एन्थोनी जर्चर भन्छन्, यो विवरणले रातारात अमेरिकी अर्थतन्त्रको चिसोपन प्रतिबिम्बित गरिदिएको छ।

अबको जाँच के खर्बौँ डलरको राहत प्याकेज यसका लागि पर्याप्त हुनेछ भन्ने हो। तीन साताअघि भने बेरोगारीको तथ्याङ्क दुई लाख थियो। यसअघि सन् १९८२ मा सबैभन्दा उच्च झण्डै सात लाख मानिसले आफूलाई बेरोगार दाबी गरेका थिए।

More News last news
Loading...