काठमाडौं । ट्रकको ठक्करबाट स्कुले छात्रा घाइते भएपछि बढेको तनावलाई मत्थर गर्न जिल्ला प्रशासन कार्यालय बाँकेले कोहलपुरमा कर्फ्यू आदेश जारी गरेको छ ।
जिल्ला सुरक्षा समितिको बैठकले कोहलपुरमा दिउँसो तीन बजेदेखि कर्फ्यू लगाउने निर्णय गरेको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकान्त उपाध्यायले बताए । ट्रकको ठक्करबाट घाइते भएकी छात्रालाई उपचारका लागि सेनाको हेलिकप्टरबाट काठमाडौं पठाइएको छ।
बाँकेको कोहलपुरस्थित त्रिभुवन उच्च माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्यनरत प्रगती चन्दलाई ना २ ख ९४५९ नम्बर ट्रकले विद्यालयकै अगाडि प्रगतीलाई ठक्कर दिएपछि आक्रोशित विद्यार्थीले ट्रक जलाएपछि स्थिती तनावपूर्ण भएको थियो ।
यसअघिको समाचार सम्प्रेषणका क्रममा ज्यान गएको भन्ने समाचार सच्याईएको छ र उक्त समाचारप्रति क्षमाप्रार्थी छौं ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
