बाग्लुङ दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत, एक जना बेपत्ता

बागलुङ । बागलुङको बडिगाडमा भएको जीप दुर्घटनामा ज्यान गुमाउने १४ जना मध्ये १० जनाको परिचय खुलेको छ ।

ज्यान गुमाउनेमध्ये गुल्मी इश्मा गाउँपालिका–५ का २५ वर्षीय रेशम थापा, माया थापा, ४० वर्षीया वसुन्धरा कार्की, इश्मा–४ की ४० वर्षीया सिता कार्की, ६५ वर्षकी भवि कार्की, ४५ वर्षकी भूमि कार्की, २५ वर्षकी मिना बस्नेत, ६५ वर्षीय धनबहादुर कार्की, नवलपरासी बर्दघाट नगरपालिका १ बस्ने ६० वर्षीय भुमा कार्की, बागलुङ बडिगाड गाउँपालिका ७ का ५५ वर्षीया नरमाया खत्रीको परिचय खुलेको छ ।

Advertisement

अन्य चार जनाको भने परिचय खुलेको छैन । ज्यान गुमाएकाको बुर्तिबाङ अस्पतालमा पोस्टमार्टम गरी शव आफन्तलाई बुझाइने प्रहरीले जनाएको छ ।  दुर्घटनामा गम्भीर घाइते भएका नवलपरासी बर्दघाट नगरपालिका–२ का १८ वर्षीय जीवन कार्की, गुल्मी इश्म गाउँपालिका–४ का ३८ वर्षीय हिमाल कार्की, २४ वर्षीया निमा केसीको ढोरपाटनस्थित बुर्तिबाङ अस्पतालमा उपचार भइरहेको र हेलिकप्टरमार्फत थप उपचारका लागि काठमाण्डौ लैजाने तयारीमा रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गुल्मी इश्मा गाउँपालिका–४ का १५ वर्षीय धनबहादुर कार्की बेपत्ता भएका छन् । उनको खोजी कार्य जारी छ । गुल्मीको इश्मा गाउँपालिका–५ दोहोली रिप कैयापाटाबाट बागलुङको निसीखोलातर्फ जाँदै गरेको जीप बडिगाड गाउँपालिका– ७ भिमगिठेको घोकर्णामा दुर्घटना भएको थियो ।

More News last news
Loading...