काठमाडौं । चाइना फाउण्डेसनको सहयोग र रक्षा ट्रष्ट बर्दियाको पहलमा गुलरिया नगरपालिका क्षेत्रमा रहेका विद्यालयमा अत्यावश्यक शैक्षिक सामाग्री वितरण गरेको छ ।
फाउन्डेसको आर्थिक सहयोग र रक्षा ट्रस्ट गुलरियाकी अध्यक्ष सावित्री गौतमको अथक प्रयासबाट हिमालय प्राथमिक बिद्यालय लालपुरका २ सय ३९ विद्यार्थीहरुलाई स्कुल ब्याग, कापी, कलम, ज्यामीटी बक्स तथा कलर बक्स बितरण गरिएको हो ।
साथै यस सस्थाले गुलरिया नगरपालिकाका ९ वटा बिद्यालयका करिब २५ सय विद्यार्थीलाई पनि शैक्षिक सामाग्री बितरण गर्ने रक्षा ट्रस्टका सदस्य बिशेष गौतमले जानकारी दिए । बालबालिकाको लागि शैक्षिक स्तर थप सुदृढ होस् भन्ने उद्देश्यले हामीले बालबालिकाका लागि शैक्षिक सामाग्री वितरण गरिएको ट्रस्टकी अध्यक्ष सावित्री गौतमले बताईन् ।
बितरण कार्यक्रममा गुलरिया नगर कार्यपालिकाको कार्यालय प्रमुख मुक्तिनाथ यादवले पनि विद्यार्थीहरुलाई सामाग्री बितरण गर्दै आफ्नो कार्यकालमा नगर क्षेत्रको शैक्षिक स्तर वृद्धि गर्नुको साथै बिद्यालयको भौतिक बिकास तथा बिद्यालयलाई टेक्नोलोजी बिकासमा पनि ध्यान दिने बताए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
