काठमाडौं । लामो समयदेखि बस्न नसकेको सत्तारुढ दल नेकपाको स्थायी समिति बैठक एक साताभित्रै बोलाइने भएको छ । स्रोतका अनुसार स्थायी समिति र केन्द्रीय समिति बैठक बोलाउन गृहकार्य भइरहेको बुझिएको छ ।
सम्भवतः एक साता भित्रै बैठक बोलाउन सकिने नेकपा स्रोतले जनाएको छ । यसैवीच कार्यकारी जिम्मेवारी पाएसँगै नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेताहरुसँगको छलफललाई तीव्रता दिएका छन् । पार्टी शीर्ष नेताहरुसँग छलफलपछि पार्टीको स्थायी समिति र केन्द्रीय समिति बैठक बोलाउने तयारीमा रहेका प्रचण्डले नेताहरु माधव नेपाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ लगायतका नेताहरुलाई भेटेर छलफललाई तीव्रता दिएका हुन् ।
आवश्यक छलफल गर्न प्रचण्ड बिहीबार नेता नेपालको निवासमा पुगेका थिए भने त्यसपछि महासचिव विष्णु पौडेल, नेता रामबहादुर थापालगायतका नेताहरुसँग पनि कुराकानी गरेका छन् । शनिबार बागलुङको चुनावी सभालाई सम्बोधन गर्न बाग्लुङ पुगेका प्रचण्ड आइतबार पनि आन्तरिक भेटवार्ताकै क्रममा छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
