दोलखा । भीमेश्वर नगरपालिका वडा नम्बर–८ बोचमा बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ।
रोकिराखेको बस दुर्घटना हुँदा वैत्यश्वर गाउँपालिका– ३ मिर्गेकी ७० वर्षीया कुमारी तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।
मिर्गेबाट काठमाण्डौका लागि छुटेको बा ३ ख २९९७ नम्बरको बसमा २० जना यात्रु रहेका थिए ।
ठूलीनागीमा पुगेपछि डिजेल सकिएर बस रोकिएको थियो । रोकिएकै बस अचानक पल्टिएको हो । रोकिएको बसबाट यात्रुहरु बाहिर निस्किएका थिए ।
बसमा ७० वर्षीया वृद्धासहित अन्य दुई जनामात्रै थिए । दुई जना बाहिर निस्किए पनि ७० वर्षीया वृद्धाको बसले च्यापिएर ज्यान गएको प्रहरीले जनाएको हो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
