आलमलाई थुनामा राख्न अदालतको आदेश

रौतहट । जिल्ला अदालत रौतहटले नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

जिल्ला अदालत रौतहटका न्यायाधीश दीपक ढकालको इजलासले राजपुर बम विस्फोट र त्यसमा घाइते भएकाहरुलाई ज्युँदै इँटाभट्टामा जलाएको आरोपमा पक्राउ परेका सांसद मोहम्मद अफताब आलमलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो । गएको असोज २६ गते पक्राउ परेमा आलममाथिको थुनछेक बहस शुक्रबार दिउँसो सकिएको थियो ।

Advertisement

प्रतिवादी मोहम्मद अफताब आलमका तर्फबाट २८ जना अधिवक्ताले बहस गरेपछि वादीतर्फका २ जना सरकारी वकिल सहित अधिवक्ता पुष्पराज पौडेलले त्यसको खण्डन गरेका थिए । रौतहट क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित आलमले जघन्य अपराध गरेको भन्दै उनलाई कडा सजायको मग गर्दै पौडेलसँगै वरिष्ठ अधिवक्ता युवराज संग्रौला, ओमप्रकाश अर्याललगायतले बहस गर्नु गरेका थिए ।

आदेश आएसँगै जिल्ला अदालत रौतहट परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।आलममाथि कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र बम विस्फोट गरी तीन वटा अभियोगमा मुद्दा दायर भएको छ । २०६४ साल चैत्र २७ गते पहिलो संविधानसभा चुनावको अघिल्लो दिन आलमका काका शेष इद्रिसको गोठमा बम विस्फोट हुँदा घाइते तथा मृत्यु भएकालाई इँटाभट्टामा हालेर जलाएको आरोपमा गएको असोज २६ गते नेता आलमलाई प्रहरीले पक्राउ गरेको थियो ।

More News last news
Loading...