रोल्पा । रोल्पाको सुनिल स्मृति गाउँपलिका वडा नं ३ का वडाध्यक्ष जेदवहादुर विष्टको हृदयघातका कारण आज विहान मृत्यु भएको छ।
शुक्रबार बेलुका खाना खाएर आफ्नो कोठामा सुत्न गएका विष्ट बिहान अबेरसम्म नउठेपछि उनका परिवार कोठामा पुगेर हेर्दा मृत अवस्थामा भेटिएका थिए। उच्च रक्तचाप रहेका उनको हृदयघातका कारण मृत्यु भएको हुन सक्ने आशंका गरिएको छ।
नेपाली काङ्ग्रेसको तर्फबाट गत स्थानीय तह निर्वाचनमा वडाध्यक्ष पदमा निर्वाचित विष्ट लोकप्रीय समाजसेवीका रुपमा चिनिन्थे।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
