काठमाडौं । हालसालै गैरआवासीय नेपाली संघ (एनआरएन) इङल्याण्ड राज्य परिषद, बेलायतको उपाध्यक्षमा बिजयी भएका लालबहादुर गुरूङ (एलबिजेड) लाई जापानमा भब्य सम्मान गरिएको छ ।
चुनावी परिणाम सार्वजनिक भईरहँदा बिभिन्न कार्यक्रममा जापानमा रहेका गुरुङलाई बिभिन्न संघसंस्थाले सम्मान गरेका हुन् । जापानमा रहेका तमु धि जापान, गैर आवसीय नेपाली संघ जापान, थकाली सेवा समिती जापान लगायतका विभिन्न संघसंस्था र बिभिन्न उच्च पदस्थ पदमा रहेका नेपालीहरुले सम्मान गरेका थिए ।
नवनिर्वाचित गुरूङलाई एनआरएन युकेलाई अझ व्यबस्थित बनाउनुका साथै संस्था र युवाको हक हितमा उदाहरणीय कार्य गर्नका लागि सुझाव समेत संघसंस्थाहरुले दिएका छन् ।
आफूले यति धेरै सम्मान पाउँदा खुसीको सिमा नरहेको भन्दै गुरुङले सबैलाई साथ लिएर अगाडी वढ्ने प्रतिबद्धता ब्यक्त गरे । यसैबीच केहि हप्तादेखि जापानमा रहेका गुरुङलाई एक कार्यक्रमकाबीच बिदाई समेत गरिएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
