तारकेश्वर–१० ले गर्यो वडाले सञ्चालन गरेका कार्यक्रमको सार्वजनीकीकरण

नन्द बहादुर ऐडी

काठमाडौँ । तारकेश्वर नगरपालिका वडा नं १० ले वडा अन्र्तगत सञ्चालन भएको योजना तथा कार्यक्रमको सार्वजनिकीकरण गरेको छ । आज एक औपचारीक कार्यक्रमका बीच उक्त सार्वजनिकीकरण कार्यक्रम भव्य रुपमा सम्पन्न भएको हो ।

Advertisement

उक्त कार्यक्रमा आर्थिक वर्ष ०७५÷०७६ र ०७६÷०७७ मा वडा अन्र्तगत सञ्चालित योजनाको बारेमा जानकारी गरिएको हो । तारकेश्वर–१० को वडा कार्यलयको प्राङ्गणमा सञ्चालित सो कार्यक्रमले तारकेश्वर–१० मा सञ्चालित योजनाहरु पारदर्शी र व्यवस्थित तरीकाले सञ्चालन हुदै आएको छन् भन्ने पुष्टि भएको प्रदेश सांसद योगेन्द्र संग्रौलाले बताए।

कार्यक्रममा आफनो भनाई राख्दै नेकपा काठमाडौं जिल्ला सदस्य लेखनाथ फुयाँलले तारकेश्वर–१० नगरपालिकाकै नमूना वडाको रुपमा विकास हुदै गएको र नगरपालिकाका अनय वडाले तारकेश्वर–१० को अनुशरण गर्नुपर्ने बताए।

फुयाँलले भने, स्थानीय तहमा जनप्रतिनीधी भएको आभाष तारकेश्वर–१० ले दिएको छ । तारकेश्वरको विकासको लागि नेकपा काठमाडौं जिल्ला कमिटी सहकार्य गर्न तत्पर रहेको फुयालले बताए।

उक्त सार्वजनिकीकरण कार्यक्रममा वडाको तर्फबाट प्रतिवेदन प्रस्तुत गर्दै वडाध्यक्ष अमृत थापाले वडाबासीहरुको असिमित चाहनालाई सिमित वजेटले व्यवस्थापन गर्नुपर्ने बाध्यता रहेको बताए ।

तारकेश्वर–१० को विकासको लागि केन्द्र सरकार, प्रदेश सरकार, नगरपालिका र अन्य साझेदार निकायका साथै विभिन्न वौद्धिक व्यक्तिहरुको सहकार्यका साथै उल्लेखनीय भूमिका रहेको वडाध्यक्ष थापाले बताए ।

उक्त कार्यक्रममा आफनो भनाईराख्दै महानगरीय प्रहरी वृत्तका प्रमुख प्हरी नायव उपरीक्षक बालनरसिंह राणाले चाडबाडको बेला आएको छ कुनै अप्रिय घटना हुने संकत पाउँने वित्तिकै प्रहरीलाई खवर गर्नको लागि अनुरोध गरे ।

वडा अन्र्तगत सञ्चालन भएका योजना नीति तथा कार्यक्रम सार्वजनिकीकरणका साथै नजिकिदै गरेको वडा दशैको शुभकामना आदान प्रदान कार्यक्रम समेत रहेको थियो । उक्त कार्यक्रममा तारकेश्वर–१० को सावङ्गिक विकासको लागि विभिन्न क्षेत्रबाट सहयोग गर्ने व्यक्ति तथा संस्थाहरुलाई सम्मान समेत गरिएको थियो ।

सो सम्मान अन्र्तगत शैक्षिक सत्र २०७५ को एसईई र नगरस्तरीय परीक्षामा उत्कृष्ठ विद्याथीका साथै विद्यालयहरुलाई समेत सम्मान गरिएको हो । यस्तै गरि विभिनन राष्ट्रिय तथा अन्र्तराष्ट्रिय प्रतियोगितामा सहभागी भई पदक हासिल गर्ने खेलाडीहरुलाई पनि सम्मान गरिएको छ । उक्त कार्यक्रममा वडाका विभिन्न सार्वजनिक स्थानहरुमा राखिएका सिसि टिभी र भखरै निर्माण सम्पन्न भएको मिनी पार्कको समेत समुद्घाटन गरिएको हो ।

सो कार्यक्रममा प्रदेश सांसद योगेन्द्र संग्रौला, तारकेश्वर नगरपालिकाका नगर प्रमुख रामेश्वर बोहरा, प्रमुख प्रशासकीय अधिकृत हिरामणी सुवेदी, नेकपा काठमाडौं जिल्ला कमिटी सदस्य देविना र्काी, पार्वती थापा, लेखनाथ फुयाल, धनलाल मर्हजन, नेकपा तारकेश्वरका अध्यक्ष लबकुमार बस्नेत, सचिव रामकुमार थापा, तारकेश्वर–१, ४, ५, ८, ९ र ११ का वडाध्यक्ष क्रमश विदुर सापकोटा, नरेन्द्रदास श्रेष्ठ, वासुप्रसाद गौतम, मनोज कुमार घिमिरे, बलराम सिटौला, र विन्दा बुढाथोकीका साथ सम्पूर्ण वडाका अधिकाश वडा सदस्यहरु सहभागी भएका थिए ।

कार्यक्रम वडा अन्र्तगतका विद्यालय, टोल विकास संस्था, महिला समूह, युवा क्लबका प्रमुख एवं प्रतिनीधीहरुको समेत सहभागीता रहेको थियो। यस्तै गरि वुद्धिजिवी प्रा.डा प्रदीपचन्द्र गौतम, प्रा. श्याम विष्ट, समाजसेवी केशव अयौल, होम बोगटी लगायतका व्यक्तिको सहभागीता रहेको थियो । उक्त कार्यक्रममा हास्य कलाकार मरिचमान श्रेष्ठ बल्छी धुव्रेले आफनो दमदार प्रस्तुती मार्फ सहभागीहरुलाई भरपुर मनोरञ्जन समेत दिलाएका थिए ।

More News last news
Loading...