नौबिसे–नागढुङ्गा सवारी जाममा परेर ३५ वर्षीय रुपलालको मृत्यु

काठमाडौं । नेपालमा जाम अहिलेको समस्या होईन । लामो समय देखि नेपाली जनताजामको मारमा परेको भए पनि वैकल्पिक माध्यम नहुँदा धेरै समस्या खेप्नु परेको छ।

यो बीचमा सवारी जामले नौबिसे–नागढुंगा सडकमा एक बिरामीको मृत्यु भएको छ। रौतहटबाट काठमाडौँ ल्याउँदै गरेका रौतहट गरुडा–८ का ३५ वर्षीय रुपलाल साहको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

Advertisement

महानगरीय प्रहरी प्रभाग नौबिसेका अनुसार पृथ्वीरामार्गस्थित महादेवदेंसी बजारमा सवारी जाममा परेको बेला साहको बिहान ५ बजे मृत्यु भयो । साह मृगौलाका बिरामी हुन्।

नौबिसे–नागढुङ्गा सडक मर्मतले विगत ४ दिनदेखि सवारी आवागमन प्रभावित हुँदै आएका छन्। चाडपर्वको समयमा यस्ता खालका जाम नेपालीहरुले भोग्दै आएका छन्।

More News last news
Loading...