काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकामा एकैपटक पाँच सय ‘ट्राफिक स्वयंसेवक परिचालन शुभारम्भ’ गरेको छ।
ट्राफिक सवारी क्यू, जाम र सडक यात्रुहरुलाई मध्यनजर गर्दै महाशाखाले एकैपटक पाँच सय ट्राफिक स्वयंसेवक परिचालन गरिएको महाशाखाका प्रमुख एसएसपी भीम ढकालले बताए।
महाशाखाको नेतृत्व सम्हालेसँगै महाशाखा प्रमुख अर्थात एसएसपी ढकालले १५ दिनसम्म चल्ने अभियानमा ट्राफिक स्वयंसेवकले जेब्रा क्रसिङमा यात्रुलाई सहयोग गर्ने, पैदलयात्रुलाई फुटपाथ तथा आकाशेपुल प्रयोग गर्न सहयोग गर्ने, ‘पिक एण्ड ड्रप’ व्यवस्थित गर्ने, लेन व्यवस्थापन गर्ने र यात्रु सहायता कक्षमा रहेर सहयोग गर्ने काम गर्ने जानकारी दिए।
अभियान उपत्यकाको दरबारमार्ग, केशरमहल, जमल, वीर अस्पताल, न्यूरोड, त्रिपुरेश्वर, कलंकी, महाराजगञ्ज, बीएण्डबी अस्पताल, कोटेश्वरलगायतका २५ स्थानमा सञ्चालन हुनेछ। २५ स्थानमा २० जनाको दरले स्वयंसेवक परिचालन हुनेछन्।
ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउन झण्डै २ दर्जन विद्यालय, दुई युवा क्लब, १६ यातायात प्रालि, १० ख्यातिप्राप्त कलाकार, १२ एयरहोस्टेससहित ५०० स्वयंसेवकको सहभागिता रहने बताइएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
