एनआरएन यूकेको अध्यक्षमा पुनम गुरुङको ह्याट्रिक, नयाँ कमिटिमा गुरुङ समुहकै बर्चस्व

लण्डन । गैर आवासीय नेपाली संघ युकेको अध्यक्षतामा पुनम गुरुङ विजयी भएकी छिन् । विवादका कारण लामो रस्साकस्सीपछि बिहीबारदेखि मतगणना सुरु भएको थियो ।

मतगणनाको सुरुदेखि नै अध्यक्षका प्रत्यासी शेर सुनारले अग्रता लिँदै आएपनि अन्तिम समयमा पुनमले अग्रता लिँदै रोमाञ्चकारी जित निकालेकी हुन् ।

Advertisement

सुनारले मतगणना सुरु भए देखिनै आफ्नो अग्रता कायम राखेर गुरुङ माथि चर्को दवाव दिँदै आएपनि ह्यारो र आफ्नै होम टाउन वेजिङस्टकको साथ पाएपछि भने गुरुङले विजयी निकाल्न सफल भईन् ।

गुरुङले करिब २ सय मत अन्तरले जितेको भएपनि निर्वाचन समितिले औपाचारिक घोषणा भने गर्न बाँकी छ । यस्तै महासचिवमा फणिन्ड भट्टराई विजयी हु्ँदा अन्य पदमा पनि गुरुङ समूहले नै जित हासिल गरेको छ।

More News last news
Loading...