नेकपा अध्यक्ष प्रचण्ड बिरामी

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ज्वरोले थला परेका छन्। प्रचण्डले निकै समयदेखि समस्याग्रस्त दाँत हिजो (बुधबार) ललितपुरस्थित् नेपाल मेडिसिटी हस्पिटलमा पुगेर फुकालेका थिए।

पछिल्ला केही दिनमा दाँत दुख्ने समस्या तिव्र भएपछि उनी मेडिसिटी अस्पताल पुगेका थिए। डाक्टर सुमित साहले उनलाई दाँत निकालेर फाल्न सुझाव दिएका थिए।

Advertisement

बुधबार अस्पताल भर्ना भएर दाहालले बंगरातिरको दुख्ने दाँत फुकालेको उनको सचिवालयले जनाएको थियो। तर, उनलाई आजबाट ज्वरो आएकोले उनी ‘बेड रेष्ट’ मा बसेको पनि उनको सचिवालयले जनाएको छ।

More News last news
Loading...