काठमाडौँको कपनमा हातखुट्टा बाँधेर झुण्ड्याएको अवस्थामा महिलाको शव फेला

काठमाडौँ । काठमाडौँको कपनमा एक महिला मृत अवस्थामा फेला परेकी छिन्। कपनको तेन्जिङ चोकस्थित कोठामा कपिलबस्तुको बाणगंगा नगरपालिकाकी कमला केसी मृत अवस्थामा फेला परेकी हुन्।

कोठाभित्र हातखुट्टा बाँधेर झुण्ड्याइएको अवस्थामा उनको शव फेला परेको महानगरीय प्रहरी वृत्त बौद्धका डीएसपी रमेश सिंहले जानकारी दिए।

Advertisement

पहिलो श्रीमानसँग सम्बन्धविच्छेद भएपछि दोस्रो बिहे गरेकी उनको मृत्युबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले अनुसन्धानका लागि दुई जनालाई नियन्त्रणमा लिएको पनि सिंहले जानकारी दिए।

More News last news
Loading...