पोखरा । सेतो पुतलीको झुसका कारण लाग्ने सपु रोग पछिल्लो समय गण्डकी प्रदेशमा सबैभन्दा धेरै देखिएका छन् । बिहीबारसम्म मात्रै हिमालय आँखा अस्पतालमा यही समस्या लिएर ६ जना बिरामी पुगेका छन्।
गण्डकीमा पनि कास्की जिल्लालाई यो रोगको धेरै जोखिममा रहेको हिमालय आँखा अस्पतालका डाक्टर इन्द्रमान महर्जनले बताए । उनले अस्पतालको सम्पर्कमा आएका ३५ पीडितमध्ये कास्कीका मात्रै ३० जना बिरामी रहेको बताए।
‘पछिल्लो पटक सन् २०१७ मा देखिएको थियो । त्यसको २ वर्षपछि फेरि यो वर्ष देखिएको छ,’ डा महर्जनले भने ‘यो रोग प्रत्यके २÷२ वर्षमा देखिँदै आएको छ । बुधबारमात्रै एकैदिनमा ४ जना बिरामी भर्ना भएका छन्।’ यस वर्ष भदौ १६ गतेभन्दा अघि १ जना र त्यसपछि ५ जना अस्पतालको सम्पर्कमा आएको उनले बताए। धेरै कारणले आँखामा समस्या आउन सक्छ।
तर त्यो शापुुकै कारण हो भनेर कसरी छुट्याउने त रु आँखाको नानीमा सेतो दाग देखिन थाल्छ, उज्यालोमा हेर्न गाह्रो हुन्छ र कम समयमै आँखाको ज्योति कमजोर हुँदै जाने शापुुको लक्षण हो।’ पूरा जानकारी भिडियोमा हेर्नुहोस् :
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
