माइतिघरमा कांग्रेस कार्यकर्ताको प्रदर्शन

काठमाडौँ । राष्ट्रिय जागरण अभियानमा रहेको नेपाली कांग्रेस एकाएक माइतिघर मण्डलामा देखा पर्यो। सरकारविरुद्ध कडा आलोचना गर्दै आएको कांग्रेस सरकारकै विरुद्धमा काठमाडौँको माइतिघर मण्डलामा पुगेको हो।

काँग्रेसले पार्टीका बाँके जिल्ला सभापति किरण कोइरालासहितका एक दर्जनबढि नेता, कार्यकर्तामाथि सांघातिक हमला गर्नेमाथि कडा कार्वाही गर्न सरकारसँग माग गर्दै काठमाडौंमा प्रर्दशन गरेको छ।

Advertisement

नेपाली काँग्रेस, जिल्ला कार्य समिति काठमाडौंको आह्वानमा पार्टीका बाँके जिल्ला सभापतिमाथि सत्तारुढ नेकपाकै संलग्नतामा सांघातिक आक्रमण गरेको दावी गर्दै दोषीलाई पक्राउ गरी कडा कार्वाही गर्न माग गर्दै शनिबार दिउँसो काठमाडौंको माईतीघर मण्डलामा विरोध प्रर्दशन गरिएको हो।

विगतमा हत्या, हिंसा र आतंकका संलग्न रहेका सत्तारुढ नेकपाका नेता, कार्यकर्ताले बाँकेको सितापुरमा कार्यक्रममा सहभागी भएका पार्टीका बाँके सभापति कोइरालासहित १ दर्जन बढिलाई आक्रमण गरी घाइते बनाएपछि त्यसको विरोधमा काठमाडौंसहित देशभर शान्तिपूर्ण विरोध प्रर्दशन गर्नु परेको नेपाली काँग्रेस, काठमाडौंका सभापति सबुज बानियाले जानकारी दिए।

More News last news
Loading...