काठमाडौं । बुधबार चितवन मेडिकल कलेज परिसरबाट पक्राउ परेका सरकारद्वारा प्रतिबन्धित नेकपा समूहका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ का छोरा प्रकाश चन्द रिहा भएका छन्।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दानबहादुर मल्लले पक्राउ परेका प्रकाश चन्दलाई रिहा गरिएको पुष्टि गरे।चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेजका आन्दोलनरत विद्यार्थीहरुसँगै प्रकाशसहित १८ जनालाई प्रहरीले पक्राउ गरेको थियो।
चितवन मेडिकल कलेजले अबैध असुलेको शुल्कको विरोधमा आन्दोलनरत विद्यार्थी र प्रहरीविच बिहान भएको झडपको क्रममा उनीहरु पक्राउ परेको थिए।
प्रकाशले केही दिनदेखि विभिन्न माग राखी चितवन मेडिकल कलेजका विद्यार्थीहरुले गरिरहेको आन्दोलनको अगुवाइ गर्दै आएका थिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
