वीपीको लोकतान्त्रिक समाजवादको नयाँ परिभाषा आवश्यकः पौडेल

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले विपीको समयको लोकतान्त्रिक समाजवादलाई अहिले नयाँ ढंगले परिभाषित गर्नुपर्ने बताएका छन् ।

वीपी जन्मजयन्तीको अवसरमा मंगलबार सुन्दरीजलस्थित विपी संग्रहालयमा आयोजित कार्यक्रममा नेता पौडेलले विपीवादलाई मान्नु भनेको समयसापेक्ष रुपमा परिवर्तनशील हुनुपर्ने बताए ।

Advertisement

वीपीको समयमा समाज सुधारका लागि धेरै क्रान्तिकारी तथा प्रगतिशील कामहरु भए पनि कांग्रेसले त्यसको स्वामित्व लिन नसकेको धारणा राख्दै पौडेलले भने, “विपीसँग तत्कालीन समाजभन्दा १० कदम अघि बढ्न सक्ने अद्भूत क्षमता थियो तर अहिले हामीसँग समाजलाई भेटाउने शक्ति समेत छैन । ”

कार्यक्रममा पूर्व महामन्त्री युबा नेता कुन्दन राज काफ्ले,नेविसंघका पूर्वउपाध्यक्ष रामप्रसाद अधिकारी, नेपाली कांग्रेसका क्षेत्रीय सभापति सन्तोष चालिसे, वीपीसंग्राहलयका अध्यक्ष पर्शुराम पोखरेल लगायतका वक्ताहरुले विपीको विचार कार्यान्वयन नगर्दा कांग्रेस कमजोर भएको भनाइ राखेका थिए ।

उक्त अवसरमा संग्राहलय परिसरमा १ सय ६ वटा विभिन्न प्रजातिका बिरुवा रोपिएको नेबि सघका नेता शुशिल भट्टले नयाँपुस्तालाई बताए ।

More News last news
Loading...