चिनियाँ दूतावास अगाडिबाट ९ जना प्रदर्शनकारी पक्राउ

काठमाडौं । प्रहरीले चीन विरोधी गतिविधि गरेको भन्दै चिनियाँ राजदूतावास अगाडिबाट ९ जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ। पक्राउ परेका ९ जना नै महिला हुन्। सो समूहका इन्चार्ज सीता ज्योती रहेको प्रहरीले जनाएको छ।

उनीहरुलाई महानगरीय प्रहरी वृत्त कमलपोखरीका इन्सपेक्टर विशाल तामाङको टोलीले पक्राउ गरेको हो। पक्राउ परेका ९ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ।

Advertisement

प्रदर्शनकारीले चीनमा नेपालका चेलिबेटी बेचविखन हुने गरेको त्यसको नियन्त्रणका लागि दवाव स्वरुप प्रदर्शन गरेको दावी गरेका छन्। नियन्त्रणमा लिएकाहरुलाई सोधपुछ गर्ने काम भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए।

यता, चिनियाँ विदेशमन्त्री वाङ यी ३ दिने नेपाल भ्रमणको क्रममा आइतबार सााझ मात्र नेपाल आएका छन्।

More News last news
Loading...