काठमाडौँ । प्रमुख प्रतिपक्षी दलका सांसद भिमसेनदास प्रधानले पशुपतिनाथको आरती कार्यक्रम भन्दा अगाडि नेपालको राष्ट्रिय गान बजाउनुपर्ने व्यवस्था समग्र धर्म, परम्परा तथा संस्कृति विरुद्ध भएको बताएका छन् ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा उनले यस्तो बताउँदै निर्णय पुर्नविचार गर्न सरकारको ध्यानाकर्षण समेत गराएका छन् । पशुपति आर्यघाटमा आरती मात्रै नभई दाहसंस्कार गर्ने मलामी तथा किरीयापुत्रीहरु पनि हुने भएकाले दुखको समयमा रहेका र दाहसंस्कारमा रहेकाहरुले राष्ट्रिय गान बज्दा सम्मानार्थ उभिन नसक्ने भन्दै उनले सरकारको निर्णयले राष्ट्रिय गानकै अनादर गरेको उनको टिप्पणी थियो ।
उनले भने “बारम्बार किन सरकारले विवादित कुरा ल्याउँछ ? सरकारको अहिले यति साख गिरेको छ । हामीलाई चिन्ता लागेको छ । यस्तै कारणले गणतन्त्रमाथि नेपाली जनताको अनास्था प्रकट भएको छ ।”
केही दिन अघि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पशुपतिको आरती अगाडि राष्ट्रिय गान बजाउनुपर्ने भन्दै सम्बन्धीत निकायलाई निर्देशन दिएका थिए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
