मकवानपुर । मकवानपुरको भीमफेदीमा टाटासुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। आठ जना घाइते भएका छन्।
मकवानपुरका प्रहरी उपरीक्षक मुकेश सिंहले सर्लाहीबाट काठमाडौं जादै गरेको ना १ ज ३६४० नम्बरको सुमो भीमफेदी गाउँपालिका वडा नम्बर ६ चियानडाँडाँमा दुर्घटना भएको जानकारी दिए।
उनका अनुसार दुर्घटनामा घाइते भएका ११ मध्ये तीन जनाको मृत्यु भएको हो। एक जनाको घट्नास्थलमै र २ जनाको उपचारका क्रममा मृत्यु भएको सिंहले जानकारी दिए। अन्य घाइतेहरुको सामान्य उपचारपछि डिस्चार्ज भएको पनि उनले जानकारी दिए।
दुर्घटनामा परी रामेछाप रजनगाउँकी १० महिने बालिका साम्राज्ञी माझी, महोत्तरी माइस्थान ६ का ७० वर्षीय बीरसिंह वाइवा र सर्लाहीका महेन्द्र सहनीको मृत्यु भएको हो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
