काठमाडौं । बिहीबार साँझ त्रिपुरेश्वर चोक नजिकै नेपाली सेनाको ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।
त्रिपुरेश्वरबाट सुन्धारातर्फ आउँदै गरेको बा१ग २४५६ नम्बरको ट्रकले सोही दिशातर्फ आउँदै बा८६प ७५० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालक लेख बहादुर पुनको मृत्य भएको हो।
अर्घाखाँची घर भएका अन्दाजी २६ वर्षीय पुनको उपचारको क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको हो। पुन सांगीतिक क्षेत्रमा आबद्व रहेको पाइएको छ। प्रहरीका अनुसार ट्रक चालक जीवन अधिकारी हुन्।
ट्रक र चालक अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
