काठमाडौं । काठमाडौंको पूर्वीभेगमा अवस्थित कागेश्वरी मनोहरा नगरपालिकामा भोलि (शुक्रबार) सार्वजनिक बिदा हुने भएको छ । नगरपालिकाले कागेअष्टमीको अवसरमा नगरभित्र बिदा दिने निर्णय गरेको हो।
नगरपालिकाको वडा नम्बर १ स्थित कागेश्वरी महादेव मन्दिरमा कागेअष्टमी (भाद्रशुल्क अष्टमी) मा मेला लाग्ने गर्छ। यस पटक पनि अष्टमी देखि ३ दिनसम्म लाग्ने मेला आयोजना गरिएको छ। कागेश्वरीको प्रर्वद्धनको लागि मेला आयोजना गरिएको कागेश्वरी मनोहरा नगरपालिका मेयर कृष्णहरि थापाले बताउनुभयो।
‘कागेश्वरी प्रसिद्ध धार्मिक स्थल हो, त्यही भएर नगरपालिकाको नाम नै आधारित मानेर राखिएको छ’उहाँले भन्नुभयो,‘नगरपालिकाले त्यो ठाउँलाई धार्मिकको साथै पर्यटकीय स्थलको रूपमा विकास गर्ने योजना बनाएको छ।’
किंवदन्ती अनुसार परापूर्वकालमा कागले गाईको दूध पहरामा रहेको शिवलिङ्गमा चढाउँदै गरेको गोठालाले देखेपछि त्यहाँ खोस्रेर हेर्दा महादेवको मूर्ति फेला परेको र त्यही बेलादेखि मन्दिरको नाम कागेश्वरी महादेव रहन गएको जनविश्वास छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
