जनताले चाहे नेपाल तत्कालै हिन्दू राष्ट बन्छ : नेता भण्डारी (भिडियो)

काठमाडौँ । नेपाली काँग्रेसका प्रभावशाली नेता शंकर भण्डारीले जनताले चाहे राजसंस्था फर्किने बताएका छन्। प्राइम टेलिभिजनबाट प्रसारण हुने कार्यक्रम जनता जान्न चाहन्छमा कुरा गर्दै नेता भण्डारीले हिन्दू राष्ट्र देशका लागि अनिवार्य विषय भएको बताए।

उनले नेपाललाई हिन्दू राष्ट्र बनाउने कुरा पछिल्लो समय आफ्ना पार्टीका धेरै नेपालले स्वीकार गर्दै भएको बताए। उनले भने, ‘पार्टीका लागि महासमितिको बैठक सबैभन्दा ठूलो हो। उक्त बैठकमा स्वस्पूर्त रुपमा त्यतिधेरै नेताले गरेको हस्ताक्षर सामान्य ? डा शेखरले पनि यस विषयमा केही दिनअघि बोल्नुभएको छ। धेरै नेताले बोलिरहदा १४ औँ महाधिवेशनमा यो मूल विषय बन्छ।’

Advertisement

उनले भने, ‘विश्वका ठूला देशले पनि आफ्नो धर्म ग्रन्थमाथि हात राखेर सपथ ग्रहन गर्दछन्। हाम्रो देश विचित्रको देश भयो। हामी सपथ त खान्छौँ। सपथमा लेखेका बाक्य र शब्दलाई प्रयोग नगरी महान क्रान्तिकारी बन्छौँ। देशमा यस्तो चरित्र छ र देश बन्न सकेको छैन्।’

हेर्नुहोस् थप जानकारी भिडियोमा

More News last news
Loading...