प्रहरीद्वारा कन्टेनर चालक कुटिए, कुट्ने र कुटाई खाने तीनै जना पक्राउ

रसुवा । रसुवामा प्रहरीले कन्टेनर चालकमाथि कुटपिट गरेको छ। चालकले गलत स्थानमा कन्टेनर पार्किङ गरेको भन्दै रसुवमा कार्यरत प्रहरी सहायक निरीक्षक र प्रहरी हबल्दारले चालकमाथि दुर्व्यवहार गर्नुका साथै कुटपिट गरेको जनाइएको छ।

चालकलाई कुटपिट गरेको भिडियो प्रत्यक्षदर्शीले कैद गरेर सामाजिक सञ्जालमा राखेपछि प्रहरीको आलोचना भइरहेको छ। रसुवाका प्रहरी प्रमुख भाग्येन्द्रपुरुष ढकालका अनुसार उक्त घटना मंगलबार टिमुरे क्षेत्रमा भएको र संलग्न ती दुवै प्रहरी र चालकलाई नियन्त्रणमा लिएर कारबाहीको लागी अनुसन्धान शुरु भएको छ।

Advertisement

उक्त भिडियो ओर्जिनल भए नभएको र उक्त घटनामा देखिए अनुसारको व्यवहार के कति कारणले भएको हो, त्यसको अनुसन्धान पश्चात घटना सम्बन्धमा थप विवरण बाहिर आउने र दोषीलाई कारबाही हुने प्रहरी प्रमुख ढकालले बताए।

More News last news
Loading...