काठमाडौं । गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले एमआईएस अपरेटर (राजपत्र अनकिंत प्रथम श्रेणी सरह) र फिल्ड सहायक (राजपत्र अनंकित द्धितीय श्रेणी सरहको) पदमा करारका लागि १९ सय ८९ पदका लागि दरखास्त आव्हान गरेको छ।
जसमध्ये एमआईएस अपरेटर ९९४ जनाको माग गरिएको छ भने फिल्ड सहायकका लागि ९९५ जनाका माग गरिएको छ।
सूचनामा भनिए अनुसार एम. आई. एस. अपरेटर पदका लागि कम्प्युटर बिषयमा प्रविणता तह उत्तीर्ण र फिल्ड सहायकका लागि एसएलसी उत्तीर्ण गरेको हुनुपर्नेछ ।
आवेदन दिन चाहने योग्यता पुगेका इच्छुक व्यक्तिहरुले विभागको वेबसाईड https://doinidcr.gov.npमा गई https://application.doinidcr.gov.np मा गएर अनलाईनबाटै पनि आवेदन दिन सक्नुहुनेछ ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
