मंसिर १४ गते हुने उपनिर्वाचनका लागि दल दर्ता गर्न आयोगको आह्वान

काठमाडौं । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि दल दर्ता गर्न निर्वाचन आयोगले आह्वान गरेको छ।

आयोगले सोमबार सूचना प्रकाशित गरि दल दर्ता गर्न आह्वान गरेको हो। मंसिर १४ गते स्थानीय, प्रदेश र प्रतिनिधिसभाको उपनिर्वाचन हुँदै छ। आयोगले नेपालको संविधानको धारा २७१ तथा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा १० अनुसार, दल दल दर्ताका लागि आह्वान गरेको जनाएको छ।

Advertisement

उपनिर्वाचनमा सहभागी हुने दलले भदौ मसान्तभित्र निर्वाचन आयोगमा दल दर्ता गर्नुपर्नेछ। गत निर्वाचनमा सहभागी भएका दलले भने दर्ता गर्नुपर्ने छैन। नयाँ गठन भएका दलले आयोगमा दर्ता गराउनु पर्नेछ। गत निर्वाचनमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द) छुट्टछुट्टै थिए। अब दुवै पार्टी मिलेर बनेको नेकपा पनि निर्वाचन आयोगमा दर्ता गर्नुपर्नेछ।

यसैगरी, समाजवादी पार्टी पनि आयोगमा दर्ता गराउनु पर्नेछ। अघिल्लो निर्वाचनमा छुट्टाछुट्टै लडेका नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरम मिलेर समाजवादी पार्टी बनेको हो। मंसिर १४ गते ५० स्थानमा उपनिर्वाचन हुँदैछ। प्रतिनिधिसभाको एक र प्रदेश सभाको चार स्थानमा उपनिर्वाचन हुनेछ।

त्यस्तै, स्थानीय तहको ४५ स्थानमा उपनिर्वाचन हुने आयोगले जनाएको छ। जनप्रतिनिधिको निधनको स्थानमा उपनिर्वाचन हुन लागेको हो।

More News last news
Loading...