काठमाडौँ । लिस्नर्स क्लब नेपालले समाज रूपान्तरणमा विशेष योगदान दिने चार महिला स्रष्टालाई हरितालिका तीज पर्वको अवसर पारेर सम्मान गरेको छ।
संस्थाका अध्यक्ष जनक चन्द को सभापतित्व तथा नेपाल प्रज्ञा प्रतिष्ठान कि प्रज्ञा परिषद सदस्य लक्ष्मी माली को प्रमुख आतिथ्यता तथा वरिष्ठ नियात्राकार/निवन्धकार श्री युवराज नयाँघरे, नवनारी मासिक कि सम्पादक जानुका ढकाल, पर्वतीय प्रशिक्षण प्रतिष्ठान कि अध्यक्ष लाक्पा फुटी शेर्पा, लिस्नर्स क्लव नेपाल का निवर्तमान अध्यक्ष हरिराम पौडेल, संस्थापक अध्यक्ष छविरमण अधिकारी, पूर्व अध्यक्ष ओम प्रकाश सुवेदी, उत्तम भट्टराई को विशेष आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा बिभन्न क्षेत्रमा बिशेष योगदान पु¥याउनुभएका चार जना महिलालाई सम्मान गरेको छ।
उक्त कार्यक्रममा नेपाली पत्रकारिताको क्षेत्र मार्फत देश र समाज परिवर्तनका लागि योगदान पु¥याउदै आउनुभएकी आरती चटौत, नेपाली सांगीतिक आकाशमा आँफुलाई लोकप्रिय बनाउनु भएकी वरिष्ठ गायिका देविका वन्दना, साहित्यमा कलम चलाउदै आउनु भएकी साहित्यकार सुभद्रा भट्टराई, सामाजिक कार्यमा सक्रिय विमला मानन्धर लाई सम्मान गरिएको छ। सम्मानित हुने चारै जना व्याक्तित्वहरुलाई प्रमुख अतिथि लक्ष्मी माली द्धारा दोसल्ला र सम्मान पत्रले सम्मानित गरिएको थियो।
कार्यक्रममा लिस्नर्स क्लवका अध्यक्ष जनक चन्दले विशिष्ट नारीरत्नहरुलाई सम्मानित गर्न पाउनु संस्थाको लागि गर्वको कुरा रहेको वताउँदै उनीहरूबाट समाजमा विद्यमान विभेद अन्त्य र सकारात्मक तथा सिर्जनात्मक सोच अभिवृद्धिका लागि निरन्तर योगदान मिल्ने अपेक्षा व्यक्त गरे।

उक्त कार्यक्रममा बरिष्ठ नियात्राकार-निवन्धकार श्री युवाराज नयाँघरे, सम्मानित नारी श्रष्टाहरु को तर्फबाट आरती चटौतले शुभकामना मन्तव्य व्यक्त गरिन् । कार्यक्रम संचारकर्मी तथा गायिका निरा रानाभाटले सञ्चालन गरेकी थिइन् ।
कार्यक्रममा चर्चित गीतकार दुर्गा प्रधान, अमर वान्तु, चर्चित संगीतकार विनोद पछाई क्लवका आजीवन सदस्य, साधारण सदस्य तथा शुभचिन्तकहरुको उपस्थिति रहेको थियो ।
शब्दमा शक्ति हुन्छ, आवाजले परिवर्तन ल्याउँछ’ भन्ने मुल नाराका साथ २०६२ सालमा स्थापना काल देखि यस संस्थाले समाजमा सकारात्मक चिन्तनको विकास गर्दै त्यहाँ रहेका कुरिती, कुसंस्कार र बेथितिलाई सञ्चारमाध्यम मार्फत निरन्तर प्रवाह र चिरफार गरिरहेको छ र गरिरहने छ । आवाजविहिनहरुको आवाज बन्ने संस्थाको ध्येय रहेको छ ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
