सुन्दै अचम्म ! फिरीमा ट्याक्सी चलाउँछन् चेत बहादुर आले (भिडियो)

मध्याह्न १२ बजेको टन्टलापुर घाम । पोखरा वृद्धाश्रमको परिसरमा ग१ज ४९०९ नम्बरको ट्याक्सी टक्क अडिन्छ । ट्याक्सीबाट झर्छन् दुई वृद्धवृद्धा । भाडा बुझाउन खोज्छन् तर ती ड्राइभरले लिन मान्दैनन् ।

वृद्धाश्रमका वृद्धवृद्धा  घलेको वरिपरि झुम्मिन्छन् र आशिष दिन्छन् । सेबा गर्नलाई धन होइन मन चाहीन्छ भन्ने उदाहरणीय काम गरेका छन पोखराका चेत बहादुर आले ले निसुल्क टयाक्सी चडाउछन भन्ने सुन्दा जो कसैलाई पनि पत्यार नलाग्न सक्छ।

Advertisement

चेत आले उनि दुखी वृद्धबृद्धा र विरामी लाई निसुल्क ट्याक्सी चडाउछन, साच्चीकै सेवा गर्नलाई धन होइन मन चाहीन्छ भन्ने उदाहरण हुन चेत बहादुर आले  ट्याक्सीबाहेक अर्को आम्दानीको स्रोत नभएका यिनलाई किन समाज सेवाको यत्रो रहर जाग्यो होला ?

‘धनसम्पत्ति धेरै भएर होइन,’ उनी भन्छन ‘मन्दिरमा गएर पूजा गरेर पैसा चढाउनुभन्दा यसरी धर्म हुन्छ जस्तो लागेर।’ उनले थप भने ‘वृद्धवृद्धालाई स्याहार गर्दा आफ्नै बाआमालाई स्याहार गरेजस्तो लाग्छ, बूढाबूढीले आशीर्वाद दिँदा आत हरर हुन्छ।’ उनै चेतबहादुर आलेको बारेमा तयार पारीएको भिडीयो हेरौँ :

More News last news
Loading...