गौहत्या प्रकरण बारे अनुसन्धान गर्न गृह मन्त्रालयले बनायो छानविन समिति

काठमाडौँ । बाँकेको नेपालगञ्जबाट दैलेख लैजाने भन्दै ट्रकमा राखिएका गाई सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा मृत भेटिएपछि गृहमन्त्रालयले यसबारेमा छानविन गर्ने भएको छ।

मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले शनिवार विज्ञप्ति जारी गर्दै छानबिनका लागि उपसचिव सागरमणी पाठकको संयोजकत्वमा ४ सदस्यीय समिति गठन गरेको जानकारी दिएका छन्।

Advertisement

‘गौहत्या जस्तो गम्भीर अपराधमा संलग्न व्यक्तिहरूलाई कानून बमोजिम हदैसम्मको कारवाही गर्न गृह मन्त्रालय प्रतिवद्ध रहेको व्यहोरा समेत जानकारीका लागि अनुुरोध छ,’ विज्ञप्तिमा लेखिएको छ।

नेपालगञ्ज उपमहानगरपालिकाको काञ्जी हाउसबाट लगिएका ३ सय ७० गाईगोरुमध्ये करिब ३४ गाई गोरु सुर्खेतको कटकुवा र बेउरेनी जंगलमा मृत भेटिए भने बाँकी घाइते र अलपत्र अवस्थामा फेला परेका थिए।

घटनाको छानबिनका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतले गाईगोरु ढुवानीमा प्रयोग भएका ४ वटा ट्रक बरामद गरेको छ भने ट्रक चालकलाई पक्राउ गरेर प्रहरी नियन्त्रणमा राखेको छ।

More News last news
Loading...