नेकपा भ्रष्टहरुको चङ्गगुलमा फसेको आरोप लगाउँदै अनेरास्ववियूका अध्यक्ष कांग्रेसमा प्रवेश

काठमाडौं । अनेरास्ववियु कोटेश्वर क्याम्पस इकाई अध्यक्षतथा दोलखा तामाकोसी गाउँपालिका वडा ५ का नेकपा नेता शंकर न्यौपाने नेपाली कांग्रेस प्रवेश गरेका छन्।

कोइराला निवास महाराजगंजमा आयोजित कार्यक्रममा कांग्रेस महामन्त्री शशांक कोइरालाले न्यौपानेलाई स्वागत गरेका हुन् ।

Advertisement

नेबिसंघका निबर्तमान महामन्त्री कुन्दन राज काफ्लेको समन्वयमा दोलखा जिल्लाका नेताहरूको उपस्थितिमा न्यौपाने पार्टी प्रवेश गरेका हुन्।

पार्टी प्रवेश गरेपछि न्यौपानेले नेकपा भ्रष्टहरुको चङ्गगुलमा फसेको, नेकपा पार्टी नीतिमुखी हुन छाडेर नेतामुखी भएका कारण पार्टी परित्याग गरेर नेपाली कांग्रेस प्रवेश गरेको बताएका छन ।

More News last news
Loading...