चर्चित सुडान घोटाला काण्डका दोषी शम्भू भारती पक्राउ

काठमाण्डौ । सुडान घोटाला काण्डका दोषी शम्भू भारती पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले ललितपुरको भैंसेपाटीबाट पक्राउ गरेको प्रहरी उपरीक्षक दीपक रेग्मीले जानकारी दिनुभयो ।

भारतीलाई फैसला कार्यान्वयनका लागि शुक्रबार सर्वोच्च अदालतमा बुझाउने उहाँले जानकारी दिनुभयो । भारती एस्योर्ड रिस्क कम्पनी लिमिटेड, बेलायतका नेपाली प्रतिनिधि ठेकेदार थिए ।

Advertisement

प्रहरीका लागि बस्दोबस्तीका सामान आपूर्ति गर्ने ठेकेदार कम्पनी बेलायतको एस्योर्ड रिस्क कम्पनीलाई २८ करोड ४० लाख १६ हजार ६ रुपैयाँ ७ पैसा जरिवाना सुनाउँदै यो रकम कम्पनीका सञ्चालक बेलायती नागरिक माइकल राडर र नेपाली प्रतिनिधि ठेकेदार शम्भू भारतीसँगबाट आधा–आधा भराउने निर्णय गरेको थियो ।

विशेष अदालतले पूर्व प्रहरी महानिरीक्षकहरु ओमविक्रम राणासँगबाट १७ करोड ६ लाख ८ सय २४ रुपैयाँ ७४ पैसा, हेमबहादुर गुरुङबाट ६ करोड ४८ लाख ७०  हजार ७ सय ९२ रुपैयाँ ५० पैसा र रमेशचन्द्र ठकुरीबाट ४ करोड ८५ लाख ४४ हजार ३ सय ८८ रुपैयाँ ८३ पैसा जरिबाना तिराउने फैसला गरेको थियो ।

More News last news
Loading...