काठमाडौं । बिहीबार देशभरकै मौसम आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखामले जनाएको छ ।
मनसुनी न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतर्फ रहेको भए पनि पूर्वी भूभाग नजिक रहेको न्यूनचापीय क्षेत्रका कारण पूर्व र मध्य भूभागमा मौसमी गतिविधि बढेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार बिहीबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
बिहीबार राति पनि मौसम आंशिकदेखि सामान्य बदली रहने महाशाखाको पूर्वानुमान छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
