रबि लामिछाने प्रकरणले अहिले देशको माहोल तातेको छ । रबि लामिछाने बिरुद्ध मुद्दा दर्ता भएको छ भने अब उनको फैसला अदालतले गर्ने छ। रबिको बयान लिने क्रम जारी छ तर प्रशासनले जिल्ला प्रहरी कार्यालय र जिल्ला अदालत वरिपरि निषेधाज्ञ गरेको छ।
हिजो भएको प्रदर्शनमा रबि लामिछोन समर्थक र प्रहरीबीच झडप समेत भएको थियो। चितवन प्रहरी प्रमुख दानबहादुर मल्लले रबि लामिछानेको मुद्दा अदालतमा पुगको र अब कानुनी प्रकृयामै अगाडी बढ्ने बताएका छन्।
रबि प्रकरण पछि रबिका समर्थकहरुले मल्ल बिरुद्ध बिभिन्न आरोप लगाएका बेला मल्लले भने भीडले कानुनी व्यवस्था उल्टाउन नसक्ने बताए । उनले प्रहरीलाई प्रदर्शनकारीहरुले ढुंगाले हानेपछि जवाफ स्वरुप प्रहरीले हानेको उनले बताए।
यता पत्रकार ऋषि धमलालाई पनि स्थानीयहरुले आक्रोश पोखे । टेलिभिजनको कार्यक्रममा शालिकरामको भिडियो सत्य भएको जानकारी गराएकै कारण रबिका समर्थक पत्रकार धमलामाथी आक्रोश पोखेका हुन् ।
हेरौं एसपी मल्लसंग गरिएको कुराकानी :
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
