शालिकराम प्रकरणसँग सम्बन्ध भएका एकजनाको मृत्यु

काठमाडौं । पछिल्लो समय चर्चामा रहेको शालिकराम पुडासैनी प्रकरणसँग सम्बन्ध भएका एकजनाको ज्यान गएको छ । राजधानीको टोखामा एकजना वृद्धको ‘हृदयघात’का कारण ज्यान गएको हो ।

गत साउन २० गते चितवनको कंगारु होटलमा मृत भेटिएका माउण्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनीले प्रेमिकासँग भेट्न छुट्टै कोठा भाडामा लिएको घरमा बस्दै आएका तारानाथ अधिकारीको सोमबार साँझ हृदयघातका कारण निधन भएको हो ।

Advertisement

लगातार खानतलासीका लागि प्रहरी आउन थालेपछि छोरी गोमा न्यौपानेको घरमा बस्दै आएका ९० वर्षीय अधिकारीलाई हृदयघात भएको परिवारजनले बताएका छन् । सोमबार साँझ हृदयघात भएलगत्तै उनको मृत्यु भएको थियो ।

९० वर्षको उमेरमा पनि स्वस्थ रहेका अधिकारी तारन्तार खानतलासीका लागि प्रहरी घरमा आउन थालेयता तनाबमा परेका पारिवारिक श्रोतले बताएको छ । पुडासैनीले उक्त घरमा प्रेमिकालाई भेट्न कोठा भाडामा लिएका थिए ।

More News last news
Loading...