काठमाडौँ । कान्तिपुर दैनिकको प्रधान सम्पादकमा सुधीर शर्मा नियुक्त भएका छन्। कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहियाले सोमबार पब्लिकेसन्समा आयोजित एक समारोहबीच शर्मालाई प्रधान सम्पादक नियुक्त गरिएको घोषणा गरे।
सिरोहियाले सोमबार नै प्रधान सम्पादक नारायण वाग्लेले दिएको राजीनामा स्वीकृत गरिएको समेत उनले जानकारी गराए। शर्माले यसअघि १० वर्षसम्म कान्तिपुर दैनिकको नेतृत्वमा रहेर १३ महिना अघि राजीनामा गरेका थिए।
‘उहाँले व्यक्तिगत कारणबाट यो पब्लिकेसन्ससँग अलग हुने निर्णय गर्नुभएको छ,’ अध्यक्ष तथा प्रबन्ध निर्देशक सिरोहियाले भने, ‘उहाँको अनुभव, इमान्दारिता र व्यावसायिकताका लागि धन्यवाद दिन चाहन्छौं।
समारोहमा बिदाई भएका प्रधान सम्पादक वाग्लेले अहिले मुलधारका सञ्चार माध्यमलेभन्दा भीडले जनमत बनाएर समाज अगाडि बढिरहेकोले त्यसलाई चिर्नु मिडियाका लागि चुनौती रहेको बताए। उनले शर्माको नेतृत्वमा कान्तिपुर र पत्रकारिता थप उचाइमा पुग्ने विश्वास व्यक्त गरे।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
