ओखलढुंगाको रावादुलु गाउँपालिकाकी ५५ वर्षीया नीलकुमारी कार्की महाराजगन्जस्थित टिचिङ अस्पतालमा उपचाररत छिन् । सुरुमा आएको हल्का ज्वरो बढेर शरीर नातागत बन्दै गएपछि साउन पहिलो साता उनी छोराछोरीको बोलावटमा काठमाडौं आइन् ।
साउन ११ गते वसुन्धराको ग्रिनसिटी अस्पताल भर्ना गरिएकी नीलकुमारीलाई २४ गते थप उपचारका निम्ति टिचिङ अस्पताल सारियो ।
चिकित्सकहरूले उनलाई निमोनियाँ बिग्रिएको बताएका छन् । आठ सन्तानमध्येका माइँला छोरा जगत झन्डै एक महिनायता उनको हेरचाहमा खटिएको खटियै छन् । अस्पताल भर्ना भएकै दिनदेखि नियमित कुरुवा बस्दै आएकी अस्मिता भने पछिल्ला आठ दिनयता बिरामी आमा भेट्न अस्पतालसम्म जान पाएकी छैनन् । पाऊन् पनि कसरी ? हठात् आइपरेको अनौठो परिस्थितिको बन्धनमा परेकी अस्मिता साउन ३० यता जिल्ला प्रहरी कार्यालय चितवनको थुनुवा कक्षमा छिन् ।
कान्तिपुरले यो घटना केलाउन शालिकराम र अस्मिताबीच विभिन्न चरणमा फेसबुक म्यासेन्जर र एसएमएसमार्फत भएका कुराकानीसम्बन्धी तथ्य भेट्टाएको छ, जसले अस्मिता र शालिकरामको प्रेम प्रकरणमा रवि र पत्रकार युवराजको कुनै प्रत्यक्ष संलग्नता नरहेको देखाउँछ ।
एक दिन शालिकरामले राति ९ः५५ मिनेटमा अस्मितालाई म्यासेज गरेर आफू घरअगाडि रहेको र जसरी पनि कि फोन उठाउन कि घरबाहिर आउन दबाब दिएका थिए । उनले आफूलाई नभेटे वा फोन नउठाए सम्बन्धको कुरा दाइलाई भनिदिने भन्दै अस्मितालाई दबाब दिएको देखिन्छ । उनले ८ बजेर ५५ देखि १० बजेर ९ मिनेटको बीचमा पठाएका चारवटा म्यासेज यस्ता छन्—
८ः५५– कसम अब त अति भयो। तिम्रो दाइलाई भन्छु ।
९ः५५– म कसम दाइसँग कुरा गर्छु । अब जे हुन्छ हुन्छ, नत्र एक पटक फोन रिसिभ गर त ।
१०ः०७–तिम्रो रुमअगाडि आएको छु । बोलाऊ, कि हर्न बजाको छु सुन । फोन रिसिभ गर ।
१०ः०९–कसम गेट ढकढक गरेर नाम लिएर बोलाउन नपरोस् है ।
हेर्नुहोस् थप भिडियो
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
