जनताको भोटले वडाअध्यक्ष बनेका घिसिङ डिभी परेर अमेरिका उडे, ५ महिनापछि पठाए राजीनामा

काठमाडौं । आज नेपालमा धेरैको अमेरिका लगायत देशमा जाने सपना हुन्छ । नेपालमा उच्च पदमा रहेर काम गरेका व्यक्तिहरु पनि अमेरिका जाना चाहान्छन्। यस्तै, जनताले दिएको भोटले निर्वाचन जितेपछि डिभी (डाइभर्सिटी भिसा) परेर अमेरिका उडेका मकवानपुर भीमफेदी गाउँपालिका वडा नम्बर ८ का अध्यक्ष जगतमान घिसिङले इमेलमार्फत राजीनामा पठाएको खुल्न आएको छ।

पाँच महिनाअघि गत चैतमा अमेरिका उडेका घिसिङले बुधबार राजीनामा इमेलमार्फत गाउँपालिकामा पठाएका हुन् । तीन महिनाका लागि विदा लिएका घिसिङ पाँच महिनासम्म वडा कार्यालय फर्केका छैनन् । गाउँपालिकाका प्रशासकीय अधिकृत जीवन कुँवरले भने, ‘वडाध्यक्षज्यूले इमेलबाट राजीनामा पत्र पठाउनुभएको छ।

Advertisement

कुरियरबाट पनि राजिनामा पत्र पठाउनुभएको भन्ने सुनेको छु । नेपालमा आइपुग्न समय लाग्ला ।’ कुँवरका अनुसार वडाध्यक्ष घिसिङले घरायसी कामकाजका कारण पूरा कार्यकाल सेवा गर्न नपाएको राजीनामा पत्रमा लेखेका छन् । गाउँपालिकाले वडाध्यक्षले पठाएको राजीनामा पत्र हेरेर निर्णय लिन बाँकी नै छ।

More News last news
Loading...