वैज्ञानिकको खुलासा : व्रत बस्दा उमेर बढ्ने, क्यान्सर र मधुमेह रोक लाग्ने संभावना कम हुन्छ

काठमाडौं। आधुनिक जीवनशैलीमा उपवास (व्रत) लाई लिएर दुई प्रकारका विचार छन्। कथित बुद्धिजिवी वर्ग यसलाई अन्ध श्रद्धाको संज्ञा दिन्छन् तर स्वास्थ्य प्रति सचेत हुनेहरु यसलाई शरीरकालागि राम्रो काम भएको बताउँछन्।

तर सवै धर्ममा व्रतलाई ईश्वरसँग जोडेर हेर्ने गरिन्छ। यस्तो अवस्थामा व्रत भगवानसँग जाडिने माध्यम हो की वैज्ञानिक कारण पनि छ? यो विषयमा आज हामी जानकारी दिन गइरहेका छौं।

Advertisement

विश्वको जुन सुकै धर्ममा पनि उपवास गर्ने चलन हुन्छ। धर्म अनुसार उपवासको अर्थ पनि फरक छ। सामान्य वर्ग यसलाई धर्म र रिती रिवाजको एक हिस्सा मान्छन् भने विज्ञान यसलाई विमारीबाट बच्न गतिलो औजारका रुपमा लिन्छ।

जर्मनीका दुई प्रतिष्ठित संस्थाहरु डीजेएनई र हेल्महोल्ज सेन्टरको संयुक्त रिसर्चमा उपवास सम्बन्धि धेरै जानकारी सार्वजनिक भएका छन्। वैज्ञानिकहरुले मुसाका दुई वटा ग्रुप बनाए। एउटा ग्रपलाई उपवास गराए भने अर्कोलाई गराएनन्। त्यसपछि जे परिणाम बाहिर आयो सबै चतिक पार्ने खानका थिए।

खानाको बीचमा लामो अन्तराल राख्नु अर्थात उपवास राख्दा केवल पानी मात्रै पिउनु। यसो गर्ने मुसा पाँच प्रतिशत धेरै बाँचे। वृद्धावस्थामा शरीरको सकृयता कम हुन्छ। आँखा र कान कमजोर हुन्छन्। वैज्ञानिकले वृद्धावस्थासँग सम्बन्धित २०० समस्यामाथि ध्यान केन्द्रित गरे। वृद्धाबस्थामा उपवासको कुनै असर परेन।

सुरु देखि नै उपवास गर्दा शरीरलाई समस्या हुन्छ। तर समयसँगै व्यक्तिलाई भोकै पेट बस्ने बानी पर्छ। १२ घण्टासम्म केही नखाने मानिसको शरीरमा अटोफागी नामको सफाई प्रक्रिया सुरु हुन्छ। नाम नलाग्ने कोशिकाले आफैं काम गर्न सुरु गर्छन्।

भोक र उपवास नयाँ कोशिका निर्माणमा निकै फाइदा जनक हुन्छ। अटोगाफी प्रक्रियाको खोजका लागि २०१६ मा जापानका वैज्ञानिक योशिनोरी ओसुमीलाई नोबेल पुरस्कार दिइएको थियो।

मुसाहरुमा मृत्युको सबैभन्दा ठूलो कारण क्यान्सर हो। वैज्ञानिकले क्यान्सर पीडित मुसाको पनि दुई वटा ग्रुप बनाए। एउटा ग्रुपलाई व्रत राखे, अर्कोलाई राखेनन्।

त्यसको नतिजा के आयो भने भोकै बसेका मुसाको शरीरमा क्यान्सरको कोशिका विस्तारै बढ्यो। उपवास गर्ने मुसा ९०८ दिनसम्म बाँचे भने उपवास नगर्ने मुसा ८०६ दिनसम्म मात्र बाँचे।

उपवास गर्ने मानिसको जीवन लामो हुन्छ। उनीहरु धेरै बाँच्छन्। मधुमेह र क्यान्सर जस्ता रोग लाग्ने संभावना पनि कम हुन्छ। उर उपवासको वृद्धावस्थामा कुनै असर देखिएन। वैज्ञानिकका अनुसार वृद्धावस्थाका समस्या प्राकृतिक प्रक्रिया हुन्।

More News last news
Loading...